२०८१ बैशाख १३ , बिहिवार

भिभोको लोभलाग्दा नविन प्रविधिहरु जसले सहजै प्रयोगकर्ताको मन जित्छ

सुनाखरी न्युज/ काठमाडौं । नवीनता विकासको एक महत्वपूर्णपाटोहो । नवीनता बिना हाम्रो अस्तित्व समाप्तहुनेछ। प्रविधितर्फ क्र्रामिक परिवर्तनसँगैनवीनआविष्कारको जिम्मेवारी धेरै हदसम्म टेक्नोलोजीसँग सम्बन्धित उद्योगहरूको रहेको छ, यसलाई आत्म साथ गर्दै विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोले अनुसन्धान तथा विकासमा लगानी गरि रहेको छ।

 

आफ्ना प्रयोगकर्ताहरूका लागि हाई–टेक एवंप्रयोगकर्ता–मैत्री स्मार्टफोनहरू ल्याउने प्रयासमा, भिभोले ग्राहकहरूको जीवन सरल बनाउन अद्वितीय उपकरणहरु प्रदान गर्दै आइरहेको छ। ब्रान्डले धेरै हद सम्म आफूलाई व्यावसायिक स्मार्टफोन फोटोग्राफीको रुपमा चिनाउदै आइरहेको छ । सबै प्रयोगकर्ताहरूका लागि व्यावसायिक क्यामेराका तत्वहरू अझ पहुँच योग्यबनाउन भिभोले आफ्ना प्रत्येक नयाँ उत्पादनहरूमा उल्लेखनिय विशेषताहरू थप्दै आइरहेको छ। तर, भिभोले क्यामेरा मात्र नभएर डिजाइन र कार्य सम्पादनलाई पनि उत्तिकै प्राथमिक्तामा राखेको छ। विश्वको पहिलो रंग परिवर्तन हुने स्मार्टफोन भिभोको हालै सार्वजनिक गरिएको भी२३ फाइजीले बजारमानिकै चर्चा पाएको छ । नेपालमायसले रंग परिवर्तन गर्ने फ्लोराइट एजी डिजाइनको लागि धेरैको ध्यान खिच्न सफल भयो ।

 

यो नवीनताभिभोको दुई वर्ष लामो क्रस इन्डिस्ट्री र क्रस डिसिप्लिन अनुसन्धानको परिणाम हो । यसले निसन्देह उपकरणको डिजाइन र सौन्दर्यशास्त्रलाई अर्को स्तरमापुर्याएको छ । कलर चेन्जिङ फ्लोराइट एजी डिजाइनलेगर्दा समार्टफोन अल्ट्राभायोलेट किरण वाघाममा लगभग ३० सेकेन्ड पछि रङ परिवर्तन गर्दछ। घामबाट फोन हटाएपछि यो पुनसामान्य रङमाफर्किन्छ। सनसाइनगोल्ड भेरियन्ट हल्काआइस ब्लू र पिकं–ओरेन्ज रंगबाट नीलो–हरियो ग्रेडियन्टमा परिर्वतन हुन्छ ।

अँध्यारोमा जादूमय प्रदर्शन गर्ने क्यामेरा

सबैभन्दाआम समस्याभनेको फोटोग्राफीमा रातको सौन्दर्यलाई कैद गर्न उत्तमवा पर्याप्त उत्तम प्रकाश फेला पार्नु हो । धेरै स्मार्टफोन ब्रान्डहरूले आफ्नाउपकरणहरूलाई कम प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्नका लागि थप उपयुक्त बनाउन ध्यान केन्द्रितगरिरहेका छन् । भिभोले प्रकाशको इनटेक बढाउदै कम प्रकाशको अवस्थामा एक्सपोजर टाइम विस्तार गरेर उत्कृष्ट तस्बिरहरू खिच्न सकिने उन्नत नाइट क्यामेरा प्रणाली ल्याएर यो चुनौतीलाई सफलतापूर्वक सामना गरेको छ। यसले उत्कृष्ट र स्पष्ट तस्वीरहरु खिचेर सम्पादनको आवश्यकतालाई हटाउँछ । भिभोकाभी सिरिजका स्मार्टफोनहरू यस नवीनताको प्रमाणहुन् ।

फ्रन्टक्यामेरा प्लस अप्टिकल इमेज अप्टिमाइजेसन

स्मार्टफोनको मुख्यतय रियर क्यामेरा केन्द्रितहुने दिनहरु गइसकेको छ। आजकल, अगाडिको क्यामेरापनि पछाडिको क्यामेरा जत्तिकै महत्त्वपूर्ण छन्।सामाजिक सञ्जालमा सामग्रीसिर्जनाकर्ताहरू र भिडियो लगरहरू वृद्धि भएसंगै यो एक ट्रेन्ड बनेको छ । उनीहरुको अनुभवलाई उत्कृष्ट बनाउन तथा युवाहरूलाई रचनात्मक स्वतन्त्रतादिनभिभोलेउन्नत सुविधाहरू सहित उच्च–रिजोल्युसन फ्रन्ट क्यामेराहरू विकास गर्दै आएको छ। यति धेरै कि भिभोले वाई सिरिज स्मार्टफोनहरू जस्तै वाई३३एस र वाई५३एसमा अद्भूत क्यामेरा विशेषताहरु ल्याएको छ जसले महत्वाकांक्षी सामग्रीसिर्जनाकर्ताहरूलाई उनीहरूको करियरमा अहमभूमिका निर्वाह गर्नेछ ।
भी२१ स्मार्टफोनमार्फत भिभोको फ्रन्ट क्यामेरा ओआइएस आकांक्षाहरू हासिल गरिएको थियो। नयाँ युगको सेल्फी क्यामेराहरू स्थिर, अल्ट्रा–क्लियर फोटोहरू, हलचलगर्दा पनिस्पष्ट तस्वीरहरुखिच्न सक्षम छन् । भिभो भी२३ फाइभजीको फ्रन्टमा भएको५० एमपी अटोफोकश सेल्फी पेट्र्रोट सेल्फी र ८एमपी सुपर वाइड–एंगलक्यामेराको उन्नत संयोजनले अनुकूलितजेएनभीसेन्सर र आई अटोफोकसको साथ रचनात्मक प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्न विशेषताहरुको पूर्ण नयाँ दायरा प्रदान गर्दछ ।

अपेक्षा बढाउने पर्फमेन्श
बजारमा हालै सार्वजनिक भएको भिभो भी२३ फाइभजीकुनै योद्धाभन्दा कम छैन। दैनिक आवश्यकताहरू पूरा गर्न रोमाञ्चककार्यसम्पादन र बलियो ब्याट्री ब्याक अपप्रदान गर्दै थप मजबुद विशेषताहरु समावेश भएको यो स्मार्टफोन एक विचारशील आविष्कार हो । यस स्मार्टफोनमा सामाजिक सञ्जाल उत्साहीहरू, गेमरहरू, उत्साही पाठकहरूले ९० हर्ज रिफ्रेस रेट डिस्प्लेको साथ सुपर स्मूद प्रदर्शनको मजालिन सक्छन्। भि२३ फाइभजीमा ४४ वाट्ट फ्ल्यासचार्ज क्षमतापनि छ जसले सुपर स्लिम ४२००एमएएच (टाइप) ब्याट्रीलाई छिटो र प्रभावकारी रूपमापावर अप गर्न सक्छ ।