२०८० चैत्र १५ , बिहिवार

आर्थिक वर्ष २०७९-८० को बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत (पूर्णपाठ)

सुनाखरी न्युज/ काठमाडौं ।
आगामी आर्थिक वर्ष २०७९र८० को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता अर्थमन्त्री जनार्दन शर्माले  संसदमा पेश गरेका छन् । बजेट अधिवेशन शुरु भएसँगै अर्थमन्त्री शर्माले मंगलबार बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेका हुन् ।

 

स्थानीय तहको निर्वाचनका कारण बजेटका सिद्धान्त तथा प्राथमिकता यस वर्ष ढिलो गरी मात्र संसदमा पेश भएको छ । नेपालको संविधान २०७२ को धारा ११९ को उपधारा ३ मा हरेक आर्थिक वर्षको बजेट जेठ १५ गते सङ्घीय संसदमा पेश गर्नुपर्ने व्यवस्था छ ।

 

त्यस्तै, प्रतिनिधि सभा नियमावली २०७५ को नियम १४२ को उपनियम ४ मा प्रतिनिधि सभाको बैठकमा बजेट प्रस्तुत हुनुभन्दा कम्तीमा १५ दिनअगावै बजेट तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरिसक्नुपर्ने व्यवस्था रहेको छ । नियमावलीमा भएको यो व्यवस्थाअनुसार जेठ १ गतेअघि नै बजेटका सिद्धान्त तथा प्राथकिताहरू संसदमा पेश भएर छलफल शुरु भइसक्नुपर्थ्यो । तर, यस वर्ष स्थानीय तहको निर्वाचन भएकाले बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गर्न ढिलाइ भएको हो ।

विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता तोकिएको समयमा संसदमा पेश हुन नसकेपछि प्रतिनिधि सभा नियमावली २०७५ को नियम १४२ को उपनियम ४ निलम्बन गरिएको छ । सत्तारुढ कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाल गौतमले गरेको उक्त प्रस्तावको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले समर्थन गरेका थिए । प्रस्ताव पेश गर्दै भुसालले मतदान तथा निर्वाचन सम्बन्धी अन्य कामका कारण सांसदहरू जिल्लामै रहनुपर्ने भएकाले उक्त छलफल बजेट आउनुभन्दा १५ दिन अगावै गर्न बाधा उत्पन्न भएको बताइन् ।

विनियोजन विधेयक २०७९ का सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)