२०८० चैत्र १६ , शुक्रवार

अन्टार्कटिकामा सूर्य अस्तायो, ६ महिना अँध्यारो हुने

सुनाखरी न्युज/ काठमाडौं –

अन्टार्कटिकामा सूर्य अस्ताएको छ । संसारका सबैजसो ठाउँमा सधैझैँ हरेक विहान सूर्य उदाउनेछ तर अन्टार्कटिकामा भने अबको ६ महिना विहान हुने छैन । त्यहाँ अबको आधा वर्ष केवल अँध्यारो हुनेछ ।

 

अर्थात् त्यहाँ बस्ने वैज्ञानिक तथा आसपास बस्ने मानिसहरुले अब केवल अक्टोबर महिनामा मात्रै अन्टार्कटिकाको आकाशमा सूर्य देख्न पाउनेछन् । सन् २०२२ को मे १२ मा अन्टार्कटिकामा यो वर्षको अन्तिम सूर्यास्त भएको हो । अन्टार्कटिकमा युुरोपको कन्कार्डिया रिसर्च स्टेशनमा रहेका १२ जना वैज्ञानिकहरु, अन्वेषक तथा कर्मचारीहरुले अबको ६महिनासम्म सूर्य देख्न पाउने छैनन् । किनकी अन्टार्कटिकामा सूर्यास्त भएको छ ।

 

अबको ६महिना त्यहाँ केवल रात हुनेछ । जुन समय हामीकहाँ गर्मी हुन्छ त्यस बेला अन्टार्कटिकामा ठण्डी सुरु हुन्छ । कन्कार्डिया रिसर्च स्टेसनको तापक्रम माइनस ८० डिग्री सेल्सियस सम्म झर्नेछ । वास्तवमा यी छ महिनाको ठण्डी यी वैज्ञानिकहरुका लागि कुनै उपहार भन्दा कम हुँदैन । त्यही मौसममा अन्टार्कटिकामा सबैभन्दा धेरै अनुसन्धान हुने गरेको छ । आगामी ६ महिनासम्म त्यहाँ विभिन्न खालका अनुसन्धान हुनेछन् ।

 

अबको ६महिना न त कोही अन्टार्कटिकामा जानेछ, न त कोही अन्टार्कटिकाबाट बाहिर निस्किनेछ । अन्टार्कटिकाका लागि कुनैपनि उडान हुनेछैन । त्यहाँ थप कुनैपनि खानेकुरा जानेछैन । अहिले रहेको मौज्दात सामानकै भरमा १२ जना मानिसले आफ्नो जिवन बिताउनेछन् । स्मरण रहोस् अन्टार्कटिकामा ६ महिना अँध्यारो र ६ महिना उज्यालो हुन्छ । एजेन्सी