२०८० चैत्र १५ , बिहिवार

शेयर बजारमा सामान्य सुधार

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको दोस्रो दिन आज बुधबार सामान्य अंकले बढेको छ । आज नेप्से ८.९० अंकले बढेर दुई हजार २ सय ७४ दशमलव ४२ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से ८४.९० अंकले घटेर दुई हजार २ सय ६५ दशमलव ५२ विन्दुमा बन्द भएको थियो ।

 

त्यस्तै, आज कारोबार रकम भने गिरावट आएको छ । आज एक अर्ब ३२ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ६४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १२७ कम्पनीको शेयरमूल्य बढेको छ भने ५२ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । आज राद्यी विद्युत कम्पनीको शेयरमूल्य ६.२ प्रतिशतले बढेर प्रतिकित्ता ६५२ रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, आज सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ५ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।