२०८० चैत्र १५ , बिहिवार

थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्ध

सुनाखरी न्युज/ काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ४ वटा संस्थाहरू आबद्ध भएका छन्। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीवार सूचना प्रकाशित गरी थप ४संस्थाहरु आबद्ध भएको जनाएको हो ।

 

‘ख’ र ‘ग’ वर्गका ४ वित्तीय संस्थाहरु आरटीजीएस प्रणालीमा आवद्ध भएको र आजैदेखि डाइरेक्ट पार्टिसिपेण्टको रुपमा आबद्ध भई कारोबार गर्ने जनाएको छ । आरटीजीएस प्रणालीमा थप भएका ‘ख’ वर्गको मितेरी डेभलपमेन्ट बैंक लि।, रहेको छ ।‘ग’ वर्गमा वित्तीय संस्थामा मितेरी डेभलपमेन्ट बैंक लि.नेपाल फाइनान्स लि., इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लि. र समृद्धि फाइनान्स कम्पनी लि. रहेको छ ।

 

ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने छन् । रकम पठाउने ब्यक्तिले बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ ।