२०८१ बैशाख ७ , शुक्रवार

‘एनआइबीएल सहभागिता फण्ड’ को इकाई खरीदविक्री हुने समय परिवर्तन

सुनाखरी न्युज/ काठमाडौँ ।‘एनआइबीएल सहभागिता फण्ड’ को कारोबार हुने समय परिवर्तन भएको छ ।

 

एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित पहिलो खुलामुखी योजना ‘एनआइबीएल सहभागिता फण्ड’ को खरीद बिक्री सोमबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने क्यापिटलले जानकारी दिएको छ ।

 

सरकारले सातामा दुई दिन शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेपछि सोही अनुसार इकाई कारोबारको समय परिवर्तन भएको हो । अनलाइन माध्यमबाटै उक्त फण्डको इकाई खरीद बिक्री गर्न सकिन्छ ।