२०८० चैत्र १५ , बिहिवार

सार्वजनिक सवारी साधनको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

सुनाखरी न्युज/ काठमाडौँ । । सार्वजनिक सवारी साधनको भाडा वृद्धि भएको छ । यातायात व्यवस्था विभागले ५.१ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ । भोलिदेखि लागू हुने नयाँ भाडादर कायम गरिएको हो ।

 

विभागका अनुसार यात्रुवाहक सवारी साधनको मल्य ३.५ प्रतिशत बढाइएको छ । साथै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ५.१ प्रतिशतले बढाइएको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा भाडा व्यवस्था छ ।