२०८१ बैशाख १४ , शुक्रवार

रिभर फल्स पावरको आइपिओमा ओभर सब्सक्राइब

सुनाखरी न्युज/ काठमाडौँ । २०७९ बैशाख २८ गते बाट निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा तेश्रो दिन विहान १०:३० बजे सम्म ६.४७ गुणाले ओभर सब्सक्राइब भएको छ ।

२७लाख३०हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको तेश्रो दिन विहान १० बजे सम्म १४लाख१३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताहरु बाट १ अर्ब ६४करोड ३६लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १सय४० कित्ता शेयरको लागि आवेदन परेको छ । यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।

 

यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १०कित्ता देखि अधिकतम१ लाख कित्ता सम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम मिति छिटोमा २०७९ जेष्ठ ०४ गतेबुधबार अपरान्ह ५:३० बजे सम्म रहेको छ ।