२०८१ बैशाख १२ , बुधवार

एपेक्स र ग्लोबल आइएमइबीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । एपेक्स मल्टिपलेक्स प्राइभेट र ग्लोबल आइएमई क्यापीटलबीच ‘बिजनेस कन्सेप्ट टु लिसनिङ’ सेवा दिने विषयमा सम्झौता भएको छ । उक्त सेवा अन्तर्गत एपेक्सले आफ्नो व्यावसायलाई विस्तार गरी सर्वसाधारणलाई समेत सहभागिता गराउने हेतुले सम्झौता गरेकोे हो ।

 

आइएमई क्यापीटलको ‘बिजनेस कन्सेप्ट टु लिसनिङ’ सेवा अन्तर्गत उद्यमशीलता विकासका लागि व्यक्तिगत तथा संस्थागत व्यावसायिक अवधारणालाई व्यवसायिक वातावरणमा स्थापित गराउने योजना रहेको छ । क्यापीटलका अनुसार संस्थागत परामर्श, लगानी, प्रबद्र्धन तथा कारोबारको दायरा विस्तारसँग सम्बन्धित कार्यहरु अगाडी बढाउनेछ ।

 

क्यापीटलले निकट भविष्यमा सम्बन्धि कार्यहरु गर्ने, पब्लिक कम्पनीमा परिणत गरिदिने र परिणतको समयमा नियमक्रिया व्यवस्था अन्तर्गत प्रबन्धपत्र, नियमावल लगायत अन्य कागजातहरु तयार गर्ने, व्यावसायिक लगानीकर्ता खोज्न सघाउ पु¥याउने कार्यहरु गर्नेछ । साथै, क्यापीटलले एपेक्स मल्टिपलेक्स प्राइभेट लिमिटेडलाई निकट भविष्यमा सर्वसाधरण सेयर निष्कासन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउनेछ ।