२०८० चैत्र १५ , बिहिवार

टोल फ्रि नम्बरबाट उत्साहजनक ढङ्गले बजेटबारे सुझाव संकलन

सुनाखरी न्युज/ काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणमा सघाउ पुग्ने उद्देश्यले सञ्चालन गरेको टोल फ्री नम्बर ११३८ बाट उत्साहजनक ढंगले सुझावहरु संकलन भएका छन्।

 

देशभरका अधिकांश जिल्लाबाट सुझाव आएका छन्। अर्थ मन्त्रालय अहिले यी सुझावको अध्ययन गरेर आगामी आवको बजेटमा समावेश गर्न खोजिरहेको छ। अर्थमन्त्री जनार्दन शर्माले सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उद्देश्यले टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको र त्यसमा आएको सुझावले आगामी आबको बजेट निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको बताए। अर्थमन्त्री शर्माको नेतृत्वमा अर्थ मन्त्रालय अहिले बजेट निर्माणमा केन्द्रित छ।

यस्ता छन् टोल फ्रीबाट प्राप्त सुझाव