२०८१ बैशाख ७ , शुक्रवार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन

सुनाखरी न्युज/ रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका छन् ।

 

विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगम (नेवानि) को पहिलो जहाज आज बिहान ६:५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेट जाँदा अवतरण गरेका हुन् । योसँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान शुरु भएको छ ।

नेवानिले काठमाडौंबाट कमर्सियल उडान गरेको हो । जजिराको जहाज भने दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।