२०८१ बैशाख १२ , बुधवार

एमाले अध्यक्ष ओलीको वडामा नेपाली कांग्रेसको प्यानल नै निर्वाचित

सुनाखरी न्युज/ काठमाडौं ।

 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको सूर्यविनायक नगरपालिका वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

 

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका प्रदीप कार्कीसहित कांग्रेसका सदस्यका सबै उम्मेदवार विजयी भएका हुन् ।

 

अध्यक्ष विजयी कार्कीले १ हजार ५११ र उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाएका छन् ।