२०८० चैत्र १५ , बिहिवार

त्रिविले आइतबार बिदा दिने सरकारी निर्णय लागु नगर्ने

सुनाखरी न्युज/ काठमाडौं । जेठ १ गतेबाट लागु हुने गरि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय त्रिभुवन विश्वविद्यालयले कार्यान्वयन नगर्ने भएको छ ।

 

कोभिडका असरका कारणले शैक्षिक पात्रो ढिलो भएको र पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको लगायत कारण देखाउँदै हप्तामा दुई दिन बिदा नदिने त्रिविले बताएको हो । विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै आइतबार समेत विश्वविद्यालयमा पढाइ सञ्चालन हुने जानकारी गराएको छ ।

 

शिक्षा मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय देशभरका सबै शैक्षिक संस्थामा कार्यान्वयन गर्ने केही दिनअघि निर्णय गरेको थियो ।