२०८१ बैशाख १३ , बिहिवार

भिडियो प्रणालीबाट मतगणना अनुगमन

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन सम्पन्न भएका स्थानको जारी मतगणना प्रक्रियालाई निर्वाचन आयोगले बहादुर भवनस्थित कार्यालयबाट भिडियो-अनुगमनसमेत गरिरहेको छ ।

 

मतगणना भइरहेका विभिन्न मुख्य निर्वाचन कार्यालयका मतगणस्थलमा जोडिएका सीसी क्यामेरा र ‘भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टम’ (भीसीभीएमएस) प्रविधिबाट सो अनुगमन भइरहेको हो । तथ्याङ्क प्रविष्टीका लागि आयोगको बेग्लै सूचना प्रणाली सञ्चालित छ । भिडियो अनुगमनका लागि आयोगमा ठूला स्क्रिनसहित अलग्गै कक्षा स्थापना गरेको छ ।

उक्त प्रणालीमा एकै पटक सानो आकारमा ९६ वटासम्म स्थलको प्रत्यक्ष विवरण हेर्न सकिन्छ भने कुनै खास स्थलको जुम गरेर पनि हेर्न सकिन्छ । अहिलेसम्म ३३६ पालिकाका गणनास्थलमा यो प्रणाली जडान गरिएको छ । उक्त कक्षका टोली प्रमुख विवेक शर्माका अनुसार यस प्रकारको प्रणाली निर्वाचनका सन्दर्भमा नेपालमा पहिलो पटक लागू गरिएको हो ।