२०८० चैत्र १५ , बिहिवार

आजदेखि आइतबार पनि सरकारी बिदा, कुन कुन निकायमा लागु हुँदैछ यो नियम ?

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले आज देखि हरेक आइतबार पनि सरकारी बिदा दिने निर्णय लागु गर्दैछ । गत १३ वैशाख गते बसेको मन्त्रिपरिषद्को बैठकले सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेअनुसार आजबाट लागु हुन लागेको हो ।

बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । इन्धन महँगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो ।

त्यसअनुसार सरकारले सातामा दुई दिन बिदा दिएको हो। सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो ।

निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन् । सरकारले दुई दिन बिदा दिने निर्णय गरेपछि विद्यालयहरूले भने असहमति जनाउँदै आएका छन् ।