२०८१ बैशाख ६ , बिहिवार

काठमाडौंमा बालेनको अग्रता कायमै, पछि परे सिर्जना र केशव स्थापित 

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् ।

प्रारम्भिक मतगणनामा बालेनको अग्रता भएपछि सभागृह परिसरमा बालेनका समर्थकले नाराबाजी थालेका छन् ।

उनले ५२ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ र एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत पाएका छन् ।

राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ।