२०८० चैत्र १५ , बिहिवार

पिज्जा हटको लाइटर, क्रिस्पियर सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा सबैभन्दा मनपर्ने र भरपर्दो ब्रान्ड पिज्जा हटले आफ्नो लाईटर, क्रिस्पियर र स्वादिलो सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक गरेको छ ।

 

पिज्जा प्रेमीहरुले आनन्द लिने सक्ने सान फ्रान्सिस्को शैलीको पिज्जामा शेफको विशेष सस र एक्स्ट्रा भर्जिन आलिभ आयल ड्रिजलको प्रयोग गरिन्छ । सान फ्रान्सिस्को शैलीको पिज्जा, पिज्जा हटको मेनुमा मात्र रु. ३८९ बाट उपलब्ध छ । यसको भेज÷ननभेज दुबैको मज्जा लिन सकिन्छ ।

 

यो पिज्जा बनाउन सावर डोको प्रयोग गरिन्छ जसले सान फ्रान्सिस्को शैलीको पिज्जालाई हल्का, क्रिस्पी बनावटको साथ अद्वितीय र विशिष्ट स्वाद दिन सयोग गर्दछ । विशिष्ट आवरण भएका ह्यान्डक्राफ्टेड पिज्जाहरुको माग बढ्दै गइइरहेको समयमा सान फ्रान्सिस्को शैलीको पिज्जा उपभोक्तामाझ पहिलो रोजाइ बनेको छ । काठमाडौँ भरीका ग्राहकहरुले कुनै पनि उपलब्ध एग्रीगेटरहरुमार्फत डेलिभरीको लागि अर्डर गर्न सक्नुहुन्छ र उत्कृष्ट डाइन–इन वा टेक–अवे अनुभवको लागि नजिकको पिज्जा हट रेष्टुरेन्टहरुमा जान सक्नुहुनेछ ।

 

पिज्जा हट ब्रान्डले सरकार र डब्लुएचओ द्धारा जारी गरिएका सबै नियम, प्रोटोकलहरु र दिशानिर्देशहरुलाई अधिकतम खाद्य स्वच्छता र ग्राहकहरुको सुरक्षाको लागि पालना गरेको छ । यो पिज्जा २४० डिग्रीमा पकाइन्छ जसले सबै भाइरसहरुलाई मार्छ साथै ट्याम्पर प्रुफ बक्सहरुमा प्याक गरिन्छ । उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्नका लागि सबै खाद्य तयारीहरुमा ताजा सेनिटाइज्ड तरकारीहरु र उच्च गुणस्तरका सामग्रीहरु प्रयोग गरिएका छन् ।