२०८१ बैशाख ७ , शुक्रवार

स्थानीय तह निर्वाचनको मतदान सम्पन्न, मतगणना आजै सुरु !

सुनाखरी न्युज/ काठमाडौं ।

स्थानीय तह निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ । एकाध घटना बाहेक देशभर शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचनमा करिव ७० प्रतिशत मतदाताले सहभागिता जनाएका छन् । आयोगका अनुसार मतगणना आजैबाट सुरु हुने छ ।

मतदान सकिएलगत्तै मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलसम्म पुर्याउने र सर्वदलीय बैठकको निर्णयपछि आजैबाट गणना सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

 

निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । कतिपय स्थानमा पूर्वनिर्धारित समयभन्दा ढिलो मतदान सुरु भएको छ । ती स्थानहरुमा ५ बजेभित्र मतदान स्थलमा प्रवेश गरिसकेकाहरुले मतदान गर्न पाउने आयोगका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।