२०८१ बैशाख ७ , शुक्रवार

सुनको मूल्य चुनावको मुखमा तोलामा ८ सय रुपैयाँ बढ्यो

सुनाखरी न्युज/ काठमाडौं ।

सुन र चाँदीको मूल्य बिहीबार वृद्धि भएको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

 

बुधबार तोलामा एकैदिन सुनको मूल्य एक हजार रुपैयाँले घटेको थियो । सो दिन छापावाल सुनको मूल्य ९७ हजार र तेजावी सुनको मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको थियो ।