२०८१ बैशाख १५ , शनिवार

चांगन अटोले ५ नयाँ विद्युत्तिय गाडि “दिपल” ब्राण्ड अन्तर्गत सार्वजनिक गर्ने

सुनाखरी न्युज/ काठमाडौं । चांगन अटोले ५ नयाँ विद्युत्तिय गाडि “दिपल” ब्राण्ड अन्तर्गत सार्वजनिक गर्ने भएको छ । चांगन अटोको हालै सम्पन्न विश्वव्यापी साझेदारी सम्मेलनमा नयाँ उर्जा क्षेत्रको विश्लेषण र नयाँ विद्युत्तिय ब्राण्ड “दिपल” लाई सार्वजनिक गरिएको छ ।

 

यसले बढ्दो विद्युत्तिय उपभोक्तालाई आकर्षित गर्ने विश्वास लिइएको छ । २१ वटा नयाँ उत्पादन मध्य ५ वटा “दिपल” ब्राण्ड अन्तर्गत सार्वजनिक गरिने बताइएको छ । चांगन अटोले २०२७ सम्म कार्बोन पिकिङ हासिल गर्ने लक्ष्य लिएको छ भने कार्बोन न्युट्रालिटि २०५० सम्मको लक्ष्य राखिएको जानकारी गराएको छ । यस लक्ष्य हासिल गर्न चांगन अटो केही क्षेत्रमा केन्द्रित रहेको छ । पहिलो भनेको विद्युत्तिय डिजिटल ब्राण्ड “दिपल” लाई सार्वजनिक गर्नु । “दिपल” ले अभटार ११ पछिको निरन्तरतालाई कायम गर्ने छ जुन हुवावे र सिएटिल सँगको सहकार्यमा सफलता पुर्वक सार्वजनिक भएको थियो ।

 

कम्पनीले ठुलो मात्रामा पहिलो हाइड्रोजन फियुल सेल सेडान पनि चाईनामा उत्पादन गर्ने योजना रहको बताएको छ । यसका साथसाथै कम्पनीले थोरै हाइड्रोजन खपतमा उच्च सुरक्षा, उच्च विश्वसनियता का साथ विविध परिदृश्य मा कार्बोन खपत कम गर्ने उत्पादनमा लक्षित हुने जनाएको छ ।