२०८१ बैशाख १२ , बुधवार

विदेशी मुद्रा सञ्चिति झनै घट्यो, शोधानान्तर घाटा इतिहासकै उच्च

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको ९ महिनासम्म शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले रुपैयाँले घाटामा छ । यो नेपाली अर्थतन्त्रको इतिहासमै ठूलो घाटा हो ।

चालु आर्थिक वर्षको ९ महिना (चैत) मा आइपुग्दा पनि अर्थतन्त्रको बाहृय क्षेत्रको दवाव कायमै देखिएको छ । नेपाल भित्रिने भन्दा बाहिरिने रकमको मात्रा उच्च हुँदा शोधानान्तर घाटा इतिहासकै उच्च विन्दुमा पुगेको छ । चैत महिनासम्मको तथ्यांकअनुसार रेमिट्यान्सको आप्रवाहमा केही सुधार भएपनि आयात उच्च रहेकाले विदेशी मुद्राको सञ्चिति जोगाउने सरकारी लक्ष्य प्रभावित छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको छ ।

यस अवधिमा चालु खाता ५ खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब २८ करोडले घाटामा रहेको छ ।