२०८१ बैशाख १५ , शनिवार

होण्डाले ल्यायो आकर्षक उपहार योजना

सुनाखरी न्युज/ काठमाडौं । नेपालको लागि होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डा छ साथ साथ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।

 

नेपाल अधिराज्यभर सातै प्रदेशका ग्राहकहरूले सहभागिता जनाउन सक्ने यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत रु. १ लाख सम्मको क्यासब्याक प्राप्त गर्न सकिने जनाएकाे छ । यो योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरू मध्ये प्रत्येक प्रदेशबाट एक एक जना गरि सातै प्रदेशबाट सात जना ग्राहकहरूले लक्की ड्र मार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्नेछन् । साथै बम्पर लक्की ड्र मार्फत एक जना भाग्यशाली ग्राहकले नगद रु. ७ लाख नगद उपहार पाउनुहुनेछ ।

 

स्याकार ईन्भेष्टमेन्ट मार्फत हुने १ प्रतिशत इएमआइ पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुबैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ । योजना २०७९ वैशाख २५ गते देखि जेठ १७ गतेसम्म नेपाल अधिराज्यभर लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको खरिदमा आउने यस किसिमका आकर्षक उपहार योजनाहरूले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास कम्पनीले लिएको छ ।