२०८० चैत्र १५ , बिहिवार

श्री एयरलाइन्सको जहाजको इन्जिन फेल, आकस्मिक अवतरण

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ ।

 

जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं आइरहेको छ ।

 

त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरणका लागि तयारी भइरहेको छ । जहाज क्याप्टेन बी। राजवंशीले उडाइरहेका छन् ।