२०८१ बैशाख ८ , शनिवार

शिखर इन्स्येरेन्सले आफ्ना कर्मचारीको निशुल्क स्वास्थ परिक्षण शिविर संचालन

सुनाखरी न्युज/ काठमाडौं । शिखर इन्स्योरेन्सले ई(फार्मेसीको सहकार्यमा बैशाख २५ र २६ गते कर्मचारीहरूको लागि आफ्नै परिसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर कार्यक्रम आयोजना गरेको थियो।

यो कार्यक्रम आइतबार र सोमबार कृषि(माइक्रो इन्स्योरेन्सू भवनमा भएको थियो। यसमा निस्शुल्क जाँचका अतिरिक्त सामान्य स्वास्थ्य समस्याहरू समावेश थियो, जस्तै उच्चरकम ब्लड प्रेसर, उच्चरकम ब्लड सुगर, शरीरको तापक्रम, पल्स रेट र अक्सिजनको स्तर आदि ।

यस बाहेक, बैशाख २७, मंगलबारमा, एक ई(फार्मेसीकापोषण विशेषज्ञसंग दैनिक आहार र स्वस्थ खाना जस्ता विषयहरूसँग सम्बन्धित ३० मिनेटको जुम सम्मेलन ब्रीफिंगूआयोजना भयेको थियो । यो कार्यक्रम विशेष गरी कर्मचारीहरूको लागि आफ्नोदैनिक जीवनमा आउने साना स्वास्थ्य समस्याहरूको बारे ज्ञान प्राप्त गर्न डिजाइन गरिएको थियो।

 

यस निस्शुल्क शिविरबाट २०० भन्दा बढी कर्मचारीजाँचको लाभ उठाएका थिए । अफिसमा काम गर्ने कर्मचारीहरूलाई सामान्यतया स्वास्थ्य समस्याहरू जुनसुकै अवस्थामा र बेलामा हुन सक्छ। नियमित स्वास्थ्य परीक्षण गरेर आफूलाई फिट र स्वस्थ राख्नु अहिलेको आवश्यकता हो ।