२०८१ बैशाख ७ , शुक्रवार

तोलामा रु. १ हजारले घट्यो सुन

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड ९७ हजार रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

 

आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १ हजार २४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।