२०८१ बैशाख ७ , शुक्रवार

एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर

सुनाखरी न्युज/ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानिय चुनाव लाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ। यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन्।

 

यो अफर वैशाख २३ गते बाट लागू भईसके को छ। जस अन्तर्गत एप बाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन्। एप मार्फत रु ५० देखि रु ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० एमबीडेटा पाउँछन्। रु१०० देखि रु १९९ सम्मको रिचार्जमा ३ दिन समय सीमा भएको २०० एमबी डेटा पाउँछन्। त्यसै गरी रु २०० वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले५०० एमबी डेटा पाउँछन्।

 

नयाँ बोनस डेटा अफरर अन्य विद्यमान अफरहरू जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याक ले ग्राहकहरू लाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ। डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेको छ जसमा ५ जीबी डेटा भोल्युमर १०० मिनेट अलनेट टकटाइम पाइन्छ। यसमा पाइने टकटाइम बाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ।कर सहित रु१६८ पर्ने यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरि सजिलै लिन सकिन्छ।

 

भ्वाइससेवामात्रचाहिनेग्राहकहरूलेमात्ररु। ९४ मा ७ दिनका लागि मान्य१५० मिनेटको अलनेट भ्वाइस प्याक लिन सक्छन्। एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ एष्ट्रिक्स३ ह्यास डायल गरियो भ्वाइस प्याक लिन सक्छन्। दैनिक रूपमा डेटा चाहिने प्रिपेड ग्राहकहरूका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि रहेको । यसमा ग्राहकले मात्र रु १२९ मा ७ दिनका लागि दैनिक १ जीबी डेटा भोल्युम लिन सक्छन्। एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरि ग्राहकहरूले यो प्याक सुचारु गर्न सक्छन्।