२०८१ बैशाख ८ , शनिवार

घट्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ७ सय रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार एक ७ रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२८५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।