२०८० चैत्र १६ , शुक्रवार

अष्ट्रेलियाका लगानीकर्तालाई नेपालमा आकर्षित गर्न सहजीकरणका लागि अष्ट्रेलियाली राजदूत समक्ष परिसंघको आग्रह

सुनाखरी न्युज/ काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालकालागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क सँग आग्रह गरेको छ ।

 

नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचनाप्रविधि र कृषिप्रशोधन सँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको संभावना रहेकाले त्यस्ता क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न पहलगरिदिन परिसंघले आग्रह गरेको हो । परिसंघले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउनपहलगर्न पनि राजदूतभोल्क समक्ष आग्रह गरेको छ । कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा उत्पादन वृद्धिका लागि लगानी अभावभएको भन्दै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘नेपालमा स्वास्थ्य र शिक्षामालगानीकाअवसरहरू छन्,’ उहाँले भन्नुभयो । उहाँले नेपाल र अष्ट्रेलिया बिचको मैत्रिपूर्ण सम्बन्ध लाई झनै मजुबदबनाउनकालागि संस्थागत रूपमा व्यावसायिक क्षेत्रहरूको पहिचान र पहलमा ध्यानदिनु पर्ने बताउनु भयो ।

 

कार्यक्रममा राजदूत भोल्कले नेपालमा सहयोग र सहकार्यलाई विस्तारका लागि आफूले पहलगर्ने बताउनुभयो । उहाँले अष्ट्रेलियाका लगानीकर्ताले छिमेकी देशका परियोजनाहरूमा काम गरिरहेको भन्दै भावी दिनमा त्यस्ता कार्यक्रम नेपालमा विस्तार गर्न पहलगर्ने पनि उल्लेख गर्नु भयो । छलफलमा उपस्थित क्षेत्रगत विज्ञहरूले कृषि क्षेत्रमाप्रविधि हस्तान्तरण,जलविद्युत विकासमा रहेका अवसर, नेपालमा अष्ट्रेलियाको विश्वविद्यालयको उपस्थिति सहित गुणस्तरीय शिक्षाको विस्तारमा जोड दिनुभयो । यसैगरी नेपालमा सञ्चालित व्यवसायिकता लिमहरुलाई अष्ट्रेलियामा समेत मान्यता गराउनका लागि आवश्यक नीतिगत सहजीकरण हुनुपर्नेमा उहाँहरूको जोड छ ।

 

छलफलमा परिसंघका उपाध्यक्ष राजबहादुर शाह, शिक्षा परिषदका सभापतिद्विराज शर्मा, पर्यटन समिति सभापतिपम्फाधमला, कृषि परिषद सभापतिविकास दुगर, एफडिआई समिति सभापति साइबल घोस र परिसंघको एड्भाइजर्स काउन्सिलका सदस्य डा रामहरि लामिछाने एवं शिक्षा परिषदका सदस्यहरूको उपस्थितिथियो । अष्ट्रेलियाली दूतावासको तर्फबाट बरिष्ठ व्यापार तथालगानीकमिसनर डा मोनिका केन्नेडी, रोशनपल, कन्सुलर ब्रेट गाल्ट स्मिथ र पोलिसी एड्भाइजर प्रिया राजाको उपस्थिति रहेको थियो ।