२०८१ बैशाख ८ , शनिवार

नेप्सेमा १२.२७ अंकको वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार पनि दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १२.२७ अंकले बढेर दुई हजार २ सय ६८ दशमलब ८४ विन्दुमा पुगेको हो । आइतबार नेप्से १७.९५ अंकले बढेर दुई हजार २ सय ५६ दशमलब ५७ विन्दुमा पुगेको थियो ।

 

त्यस्तै, आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ । आज एक अर्ब ३९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ११४ कम्पनीको शेयरमूल्य बढेको छ भने ७१ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य शेयरमूल्यमा उच्च वृद्धि भएको हो । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८३९.८० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज हिमालयन उर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्त विकास बैंक र गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ३ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड ८३ लाख भन्दा बढीको कारोबार भएको छ ।