२०८० चैत्र १६ , शुक्रवार

सुनको भाउमा सामान्य वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो।

 

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२८५ रुपैयाँमा कारोबार भइरहेको छ।