२०८१ बैशाख ६ , बिहिवार

यस्ता महिलालाई मुटुरोगको खतरा बढी, यसरी कम गर्न सकिन्छ जोखिम

सुनाखरी न्युज/ काठमाडौं –

पछिल्लो समयमा विश्वका थुप्रै जनसंख्या मुटुरोगले ग्रसित छन् । थुप्रै कारणले मुटु सम्बन्धि रोगीको संख्या दिनप्रति दिन बढिरहेको छ । पुरुष र महिलालाई निकै कम उमेरदेखि नै मुटु सम्बन्धि समस्या देखिरहेको छ र यसबाट बच्नका लागि मानिसहरुले विभिन्न तरिका पनि अपनाइरहेका छन् ।

 

हालै, एक अनुसन्धान भएको छ जसमा बच्चा जन्माउन समस्या भइरहेका महिलामा हार्ट फेलको खतरा बढी रहेको बताइएको छ । यो अनुसन्धान म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) का अनुसन्धाताले गरेका हुन् र जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित भएको छ । म्यासाचुसेट्स जनरल अस्पतालका अनुसन्धाताको शोधका अनुसार बाँझोपना वा बच्चा जन्माउन समस्या झेलिरहेका महिलामा हार्ट फेलको खतरा १६ प्रतिशतभन्दा बढी छ ।

 

म्यासाचुसेट्सस्थित जनरल अस्पतालमा रजनोवृत्ति, हर्मोन र कार्डियोवास्कुलर क्लिनिकका निर्देशक एमिली लाउले भने, ‘कुनै महिलामा बच्चा जन्माउन भइरहेको समस्याले उनलाई भविष्यमा हुने मुटु सम्बन्धि रोगको जोखिमबारे बताउन सक्छ । यस्तै, यदि कुनै महिला गर्भवती हुन सकिरहेकी छैनन् वा कसैलाई रजनोवृत्तिको समयमा समस्या भइरहेको छ भने यस्ता महिलामा पनि मुटुरोगको जोखिम बढ्ने गर्छ ।

२ प्रकारका हुन्छन् हार्ट फेलः

शोधमा बताइए अनुसार हार्ट फेलका दुई प्रकार हुन्छन् । प्रिजर्भ इजेक्सन फ्रेक्सन (HFpEF) हार्ट फेल र रिड्युस्ड इजेक्सन फ्रेक्सन (HFrEF) हार्ट फेल । प्रिजर्भ इजेक्सन फ्रेक्सनमा मुटुका मांसपेशीले राम्रोसँग काम गर्न छोड्छन् र रिड्युस्ड इजेक्सन फ्रेक्सनमा मुटुको बायाँ भेन्ट्रिकल (मुटुमा बनेको चेम्बर)ले राम्रोसँग रगत पम्प गर्न सक्दैन । अनुसन्धानमा संलग्न समूहले बाँझोपन र मुटुको समस्याबीच सम्बन्ध पाएको छ । प्रिजर्भ इजेक्सन फ्रेक्सन नै धेरैजसो महिलामा हार्ट फेल हुनुको मुख्य प्रकार भएको अनुसन्धानमा पाइएको छ ।

 

यो अनुसन्धानमा ३८,५२८ रजनोवृत्ति भइसकेका महिला समावेश थिए जसमा १४ प्रतिशत महिलाले उनीहरुलाई बाँझोपनको समस्या रहेको जानकारी दिए । १५ वर्षको फलोअपपछि अनुसन्धाताले बाँझोपनका कारण समग्र हार्ट फेलको समस्या १६ प्रतिशतसम्म बढ्ने गर्छ । जब उनीहरुले हार्ट फेलको कारणबारे अनुसन्धान गरे तब उनीहरुले बाँझोपनासँग जुधिरहेका महिलामा प्रिजर्भ इजेक्सन फ्रेक्सन हार्ट फेलको जोखिम २७ प्रतिशतसम्म बढ्छ ।

पुरुष र महिलामा मुटुरोगका मुख्य कारण

एमिली लाउ भन्छिन्, ‘यो एक चुनौतीपूर्ण स्थिति हो किनभने प्रिजर्भ इजेक्सन फ्रेक्सन कसरी विकसित हुन्छ भनेर हामीलाई अहिलेसम्म पनि राम्रोसँग बुझ्न सकेका छैनौँ । हामीसँग प्रिजर्व इजेक्सन फ्रेक्सनको उपचारका लागि राम्रा सुविधा पनि छन् । पछिल्ला केही समयमा मुटुका मांसपेशीले राम्रोसँग काम नगर्नु (HFpEF) पुरुष र महिला दुबैमा हार्ट फेलको प्रमुख कारण बनेको छ । तर दुईको तुलनामा महिलामा यसको बढी नै खतरा छ ।’ एमिली थप्छिन्, ‘महिलामा प्रिजर्भ इजेक्सन फ्रेक्सन धेरै किन देखिन्छ भनेर पनि हामीले बुझ्न सकेका छैनौँ ।

 

यद्यपि, एक महिलाको सुरुवाती प्रजनन जीवनबारे थाहा पाएपछि यस्तो किन हुन्छन् भनेर केही प्रमाण पाउन सकिन्छ ।’ यसका साथै उनी भन्छिन्, ‘बाँझोपना २०–४० वर्षको बीचमा देखिन्छ । यदि कुनै महिलालाई पहिलादेखि नै बाँझोपनाको समस्या छ भने त हामीले त्यसलाई फेर्न सक्दैनौँ तर महिलालाई बाँझोपनाको समस्या थियो र उनीहरुको हार्ट फेलको खतरा कम गर्नका लागि केही तरिका अपनाउन सकिन्छ । जस्तै उच्च रक्तचाप कम गर्नु, उच्च कोलेस्ट्रोल कम गर्नु, धुम्रपान छोड्नु आदि । एजेन्सी