२०८१ बैशाख ८ , शनिवार

नेप्सेमा दोहोरो अंकले वृद्धि,कारोबार एक अर्ब ३२ करोडमा सिमित

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १७.९५ अंकले बढेर दुई हजार २ सय ५६ दशमलब ५७ विन्दुमा पुगेको हो ।

 

त्यस्तै, एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १३६ कम्पनीको शेयरमूल्य बढेको छ भने ५२ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो नेपाल र माउन्टेन इनर्जी नेपालको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

 

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६७२.६० रुपैयाँ पुगेको छ भने घलेम्दी हाइड्रो नेपालको शेयरमूल्य ८.८२ प्रतिशतले बढेर प्रतिकित्ता २३२ रपैयाँ र माउन्टेन इनर्जी नेपालको शेयरमूल्य ८.६६ प्रतिशतले बढेर प्रतिकित्ता ९७९ रुपैयाँ पुगेको छ ।नेप्सेका अनुसार आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

 

यसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड ५३ लाख भन्दा बढीको कारोबार भएको छ ।