२०८१ बैशाख १३ , बिहिवार

कोरोना अपडेट: थप १७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जना निको

 

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको हो ।

 

२ हजार ९ सय ५ जनाको पीसीआर परीक्षणमा १७ जना र १ हजार १ सय ५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जना निको भएका छन् भने हाल देशभर २ सय १ जना सक्रिय संक्रमित रहेका छन् ।

 

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १४३४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।