२०८१ बैशाख १३ , बिहिवार

टेलिकमले ल्यायाे निर्वाचन अफर

सुनाखरी न्युज/ काठमाडौं । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा ‘निर्वाचन अफर’ ल्याएको छ ।

 

रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डेटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले याे अफर उपलब्ध गराउने भएको हो । यो अफर वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ । यसअन्तर्गत तीन दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक रु. ९८ मा उपलब्ध हुनेछ ।

 

त्यस्तै तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि रु. ९८ मा उपलब्ध हुनेछ । त्यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक पनि रु. ९८ मा खरिद गर्न सकिने कम्पनीले जनाएकाे छ । 141511# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

 

Description Voice Minutes Validity Price (Inclusive of TSC and VAT) Nrs.
200 Min (All Net) Voice Pack 200 3 Day 98

 

Description SMS Validity Price (Inclusive of TSC and VAT) Nrs.
300 (All Net) SMS Pack 300 3 Day 98

 

Description Data (GB) Validity Price (Inclusive of TSC and VAT) Nrs.
6 GB Data 6 3 Day 98