२०८१ बैशाख १४ , शुक्रवार

हिमालयन जनरल र एभरेष्ट इन्सुरेन्स बीच मर्जर सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । बिमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाउनुपर्ने निर्देशन दिएपछि हिमालयन जनरल इन्सुरेन्स र एभरेष्ट इन्सुरेन्सबीच मर्जर सम्झौता भएको छ ।

 

बिहीबार यी दुई बिमा कम्पनीबीच मर्जर सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा हिमालयन जनरल इन्सुरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र एभरेष्ट इन्सुरेन्सका अध्यक्ष राजिभ सापकोटाले हस्ताक्षर गरेका हुन् । अब दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) सकिएपछि सेयर आदन प्रदान अनुपात (स्वाप रेसियो) तय हुनेछ । हाल हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ छ र एभरेष्ट इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ छ ।

 

यी बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुर्याउनको लागि मर्जरको बाटो रोजेका हुन् । बिमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो । समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँबाट बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याएको छ ।