२०८० चैत्र १६ , शुक्रवार

हेमजामा हुने शुभकामना गोल्डकप बारे बोड बैठक सम्पन्न

गोबिन्द तिमिल्सिना/ हेमजा । “युवा एकता र विकाश को लागि खेलकुद“ भन्ने मूल नाराका साथ हुन लागेको “ शुभकामना गोल्डकप फुटबल प्रतियोगिता २०७९“ बारे बिहिबार बोड बैठक सम्पन्न भएको छ ।

 

प्रतियोगिता यही जेठ १४ गते देखि २१ गतेसम्म पोखरा २५ हेमजाको गौरिसंकर खेल मैदानमा हुनेछ । प्रतियोगितामा प्रथम हुने समुहले नगद रु छ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र एंब दितिय हुने समुहले नगद रु तिन लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। त्यस्तै प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी, म्यान अफ द म्याच तथा अन्य बिधामा उत्कृष्ट पुरस्कारको ब्यबस्था रहेको छ ।

 

प्रतियोगितामा आयोजक समुह सहित ८ समुह बिच प्रतियोगिता हुने छ । हेमजा युनाइटेडका अध्यक्ष इन्द्र बहादुर कुवरको अध्यक्षतामा बसेको बैठकको सञ्चालन सचिब सुनिल गायकले गरेका थिए ।