२०८१ बैशाख ७ , शुक्रवार

‘द भ्वाइस अफ नेपाल सिजन ४’का लागि जेठ १ सम्म अडिसन दिन सकिने

सुनाखरी न्युज/ काठमाडौं –

दुई महिनादेखि सुरु भएको‘द भ्वाइस अफ नेपाल सिजन ४’का लागि जेठ १ गतेसम्म आवेदन दिन पाइने भएको छ ।

 

उक्त आवेदनका लागि गुगल प्ले र एप स्टोरमार्फत भ्वाइस अफ नेपालको आधिकारिक एप डाउनलोड गरी एपमार्फत भिडियो पठाई आवेदन दिन सकिने निर्देशक लक्ष्मण पौडेलले बताए । अडिसनमार्फत डेढ सय जना छनोट हुने र ब्लाइन्ड अडिसन सुटिङ आगामी दुई महिनामा सुरु हुने जानकारी पौडेलले दिए ।

 

प्रतिस्पर्धामा १२ जनाको समूह हुने भएकाले झण्डै डेढ सय जनालाई ब्लाइन्ड अडिसनमार्फत छनोट गर्ने योजना छ । चार जनामध्ये केही कोच परिवर्तन हुने जानकारी समेत निर्देशक पौडेलले दिए । उक्त गायन रियालिटी शो हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।