२०८१ बैशाख ११ , मंगलबार

महेन्द्र मा विको अध्यक्षमा बैकुण्ठ चयन

शिशिर पौडेल/ पोखरा । पोखरा १९ घार्मीमा रहेको महेन्द्र माघ्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा शिक्षासेवी बैकुण्ठ पौडेल चयन हुनुभएको छ।

 

अभिभावक भेला, वडाको सिफारिस पछि बसेको वैठकले अध्यक्षमा पौडेल सहित सदस्यमा पवित्रा पौडेल,दुर्गादेवी पौडेल, रामचन्द्र सुनार, मोहन सुनार, रमेश सुनार, रत्ना सुनार, वडाध्यक्ष शोभामोहन पौडेल र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक वासुदेव पौडेल चयन हुनुभएको हो ।

 

नव निर्वाचित समितिलाई विद्यालयको हित र समग्र विकास हुने गरि काम गर्न अभिभावकले सुझाव दिएका छन् । नव निर्वाचित अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा केन्द्रीत रहने प्रतिवद्धता जनाउनु भयो ।वडा शिक्षा समितिका सदस्य रहि गुणस्तरीय शिक्षा विकासको योजना समेत पौडेलले वनाउनु भएको छ ।

 

लामो समय कास्कीका विभिन्न विद्यालयमा प्रधानाध्यापक भई सेवा गर्नु भएका पौडेल हाल समाज र शिक्षा सेवामा िक्यााशिल हुनुहुन्छ ।विद्यालयका प्रधानाध्यापक बासुदेव पौडेलले ससक्त टिमले विद्यालयको विकासमा थप महत्त्वपूर्ण भुमिका खेल्ने वताउनुभयो ।