२०८१ बैशाख ४ , मंगलबार

‘केजीएफ २’को हिन्दी भर्सनले कमायो ३८२.९० करोड

सुनाखरी न्युज/ काठमाडौं –

सुपरस्टार यशको फिल्म ‘केजीएफः च्याप्टर २’ले बक्स अफिसमा अझैँपनि राम्रो कलेक्शन गरिरहेको छ । ईदको अवसरमा यश अर्थात् रकी भाईलाई फ्यानहरु मायाको वर्षा नै गरेका छन् । इदको अवसरमा ‘केजीएफ २’को हिन्दी संस्करणको कमाई तीन गुणाले बढेको छ ।

 

ट्रेड एनालिस्ट तरण आदर्शले ‘केजीएफः च्याप्टर २’को बक्स अफिस कलेक्शनको पछिल्लो जानकारी सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले ट्वीट गरेर भनेका छन्, ‘‘केजीएफ २’ले ईदको छुट्टीको फाइदा पाएको छ । फिल्मले शुक्रबार ४.२५ करोड, शनिबार ७.२५, आइतबार ९.२७, सोमबार ३.७५ र इदको दिन (मंगलबार) ९.५७ करोड कलेक्सन गरेको छ । यस हिसाबले सोमबारको तुलनामा मंगलबार फिल्मको कलेक्सन तीन गुणाले बढेको छ । हालसम्म ‘केजीएफ २’को हिन्दी भर्सनले ३८२.९० करोड कलेक्शन गरिसकेको छ ।

 

आमिर खानको ‘दंगल’लाई टक्कर

तरण आदर्शले ‘केजीएफ च्याप्टर २’ ले आमिर खानको फिल्म ‘दंगल’को कमाईको आँकडा पार गर्ने बताएका छन् । ‘दंगल’ ले भारतीय बक्स अफिसमा ३८७.३८ करोड कलेक्सन गरेको थियो । आज अर्थात् बुधबार ‘केजीएफ २’ ले कमाईको मामिलामा ‘दंगल’लाई पनि पछि पार्नेछ ।