२०८१ बैशाख १३ , बिहिवार

इलेक्ट्रिक स्कुटरमा समस्या : गुड्दागुड्दै लाग्यो आगो

सुनाखरी न्युज/ काठमाडौं –

तपाईंको इलेक्ट्रिक स्कुटर गुडिरहेकै समयमा तातिएको छ ? सावधान हुनुस् । भारतमा गुडिरहेको इलेक्ट्रिक स्कूटीमा आगो लागेको छ । तमिलनाडुको कृष्णागिरीमा यो घटना भएको हो ।

 

त्यहाँ सतीश कुमार नामका एक युवकले इलेक्ट्रिक स्कूटर चलाइरहेका थिए । यात्राकै क्रममा अचानक स्कूटीमा आगो बल्न थाल्यो । स्कूटी गुडिरहँदा नै सिटमुनी बाट आगो शुरू भएको सतीशले बताएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । त्यसपछि उनले तत्कालै स्कूटीबाट निस्किए ।

 

उनले इलेक्ट्रिक स्कूटरको अघिल्लो साल किनेका थिए ।यो घटना प्रतिनिधि घटना मात्रै हो । भारतमा पछिल्लो समय इलेक्ट्रिक स्कुटरमा आगो लागेको घटना निकै आइरहेका छन् ।स्कुटर निर्माता कम्पनीहरूले किन यस्तो भयो भन्ने बारे अनुसन्धान गरिरहेको जनाएका छन् । एजेन्सी