२०८१ बैशाख ४ , मंगलबार

दिल्ली- यात्रुलाई शीतलता दिन अटो रिक्साको छतमा बगैंचा

सुनाखरी न्युज/ काठमाडौं –

भारतको राजधानी दिल्लीका अटो रिक्सा चालक महेन्द्र कुमारले आफ्ना यात्रुहरूलाई चिसो राख्न अनौठो जुक्ति निकालेका छन् । देशमा चर्को गर्मीको मौसममा कुमारले आफ्नो अटोरिक्साको छतमा बगैंचा स्थापना गर्दैछन् ।

 

भारतको मौसम विभागले उत्तरको अधिकांश भागमा ताप लहरको चेतावनी दिएको छ र मे ३ मा दिल्लीमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । राजधानीमा ४५ डिग्री सेल्सियसबीच छतमाथिको बगैचाले उनको गाडीलाई चिसो राख्छन् । ४८ वर्षीय कुमारको ‘मुभिङ गार्डेन’ ले अटोरिक्सभित्र यात्रा गर्दा फोटो वा भिडियो खिच्ने ग्राहकहरूलाई आकर्षित गरिरहेको छ । फ्रान्सेली समचार संस्था एएफपीसँगको एक अन्तवार्तामा कुमारले भने, ‘लगभग दुई वर्ष पहिले मलाई गर्मीको मौसममा यो विचार आएको थियो ।

 

मैले छतमा केही बिरुवाहरू हुर्काए यसले मेरो अटोलाई चिसो राख्छ र यात्रुहरूलाई गर्मीबाट राहत दिन्छ ।’ नयाँ दिल्लीका सडकहरूमा पहेँलो र हरियो अटोरिक्सा जताततै भए पनि कुमारको गाडीभित्र दुई वटा मिनी कुलर र फ्यानहरू जडान गरेकाले फरक देखिन्छ । तीन सन्तानका पिता कुमारले ग्राहकलाई गरेको आफ्नो उत्कृष्ट सेवाका कारण थप टिप्स पाएको बताउँछन् । एजेन्सी