२०८० चैत्र १५ , बिहिवार

मिस नेवाः ११४२ को उपाधि सलिना महर्जनलाई

सुनाखरी न्युज/ काठमाडौं –

मिस नेवाः नेपाल ११४२ को उपाधि काठमाडौं चःमतीकी सलिना महर्जनले जितेकी छन् । नेप्लिज फेसन होमद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगिताको १६ औं संस्करणमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज चुमेकी हुन् ।

 

यसैगरि उपाधि जितेसँगै उनले एक लाख रुपैयाँ नगद जितेकी छन् । साथै, क्योकुसिन सेइसिन काइकान करातेको सद्भावना दूत नियुक्त भएकी छन् । ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुरथिमिकी सेलिना प्रजापति सेकेन्ड रनरअप घोषित भएका छन् । उक्त कार्यक्रमको मुख्य निर्णायक गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष अशोकबाबु श्रेष्ठले गरेका थिए ।