२०८१ बैशाख ६ , बिहिवार

सुनको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ कारोबार?

सुनाखरी न्युज/ काठमाडौं –

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८ सय रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३०० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।