२०८१ जेठ ७ , सोमवार

पोखरा १९ मा एमालेको प्रचार तिब्र

शिशिर पौडेल / पोखरा । स्थानीय चुनावको मिति नजिकिँदै गर्दा नेकपा एमालेले पोखरा १९मा घर दैलो अभियानलाई तिब्र वनाएको छ। एमालेको गढका रूपमा चिनिएको पोखरा १९ मा वडाध्यक्षका उमेदवार ईमानराज पौडेल सहितको प्रचार टोलीले घार्मि, पुरून्चौर लगायतका क्षेत्रमा पुगि मतदातालाई भेटेका मात्र छैनन् उनिहरूका गुनासो समेत सुनेका छन् ।

 

जनताका विचमा पुगेका वडाध्यक्षका उमेदवार पौैडेलले १९ वडामा अघिल्लो पटक थुप्रै काम भएको र वाकि काम पूरा गर्न आफ्नो जितवाट मात्रै सम्भव हुने वताएका छन् । एमालेका केन्द्रीय सदस्य सीता गिरी, जिल्ला सदस्य सुरेन्द्र मानसिह भण्डारी , अर्जुन अधिकारी लगायतका सयौं नेता कार्यकर्ता दैनिक जसो मतदाताको घरमा पुगि विकास र समृद्धिको पक्षमा मत मागिरहेका छन् ।

 

पोखरा १९ मा एमालेले वडाध्यक्षमा ईमानराज पौडेल खुल्ला सदस्यमा विकास आचार्य, नवराज केसी महिला सदस्यमा दुर्गा वस्नेत, दलित महिलामा कल्पना सुनारलाई मैदानमा उतारेको छ ।