२०८१ जेठ ७ , सोमवार

पि.एच.डी. गर्दै गरेको युवा नै सल्लेबासी जनसमुदायको भविष्य हो

सुनाखरी न्युज/सल्लेबासी  । गाउँमा एउटा इमान्दार र कर्तव्यनिष्ठ पहिचान बनाएका परमेश्वर पौडेल यतिखेर आफ्नै गाउँमा फर्केर वडाध्यक्षको स्वतन्त्र उम्मेद्वार बनेका छन् । उनी पढाईको शिलशिलामा काठमाण्डौँ छिरेर त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पसबाट तीन वटा विषयमा मास्टर डिग्रि हासिल गरिसकेका युवा हुन् । त्यतिमात्र हैन उनले कानुन विषयमा समेत स्नातक गरि वकालत समेत गरी रहेका छन । उसको वौद्धिकताकै आधारमा भन्ने हो भने उसले भविष्यमा आफ्नो गाउँ ठाउँको ठूलो कृति राख्नेमा द्विविधा छैन।

 

पढाइकै शिलशिलामा काठमाण्डौँ छिरेका परमेश्वर पौडेल सुनिल काठमाण्डौँका विभिन्न क्याम्पस तथा विद्यालयमा प्राध्यापन गर्दै संस्कृत विश्वविद्यालयबाट पूर्वीय दर्शनको महत्वपूर्ण ग्रन्थ वेदसँग सम्बन्धित रहेर पि।एच।डी।कोअध्ययन अगाडी बढाइरहेका थिए। राजनीतिलाई सुष्म रुपमा बुझेर गहन विश्लेषण गर्ने क्षमता भएका पौडेलले ब्यवस्थापिका संसदबाट एमसिसि सम्झौता पास भएको दिन नै दलहरूले जनतामाथि छलकपटको राजनीति गरेको ठहर गर्दै आफ्नो नगर हलेसी चुवाचुङ नगरपालिकाको वडा नं।९ सल्लेको वडाध्याक्षमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका थिए। सोही मुताविक अहिले उनले वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता गरि चुनावी मैदानमा होमिएका छन् । उनको चुनाव चिन्ह खानेपानीको धारा हो ।

 

यस समयमा सल्लेबासी आमा बुवा, दाजु भाइ, दिदी बहिनीले आँखा खोल्नुपर्ने बेला आएको छ। सल्लेबासी तपाईहरूकै काखमा खेल्दै हुर्केर पढी विद्वान बनेर आएको , जोस, जाँगर र उत्साह भएको स्वाभिमानी युवा वडाध्यक्ष बन्दा वडाको विकास र समृद्धि उन्नत तरिकाले हुनेमा द्विविधा छैन । वडालाई समृद्ध बनाउने सोच, लक्ष्य र उद्देश्य सहित आएको परमेश्वरलाई भोट दिनु नै अहिलेको अवस्थामा समग्र वडाबासी र वडाका लागि न्यायोचित हुन्छ। अब पुरानै दल र चिन्ह भनेर तपाईहरू झुक्किनु हुँदैन ।झुक्किएमा पुरानै सल्ले रहनेछ। दुस्खका भारीहरू उस्तै रहनेछन् ।

 

अब नयाँ सल्ले बनाउन तथा वडामा विकासको लहर ल्याउन तपाईं सम्पूर्ण सल्लेबासीमा सुख र खुसिका दिन ल्याउन परमेश्वर जिताउनुपर्छ। यो उमेरमा गाउँको सेवा गर्छु भनेर होमिएको युवा अहिलेको समाजमा विरलै पाइन्छ ।यश विषयलाई समेत मनन गरि गाउँको सहारा बन्न आएको युवा , जसलाई पानिखाने धारामा भोट गरि विजय गराउने तपाईहरुकै दायित्व हो । गफ हैन, एउटा पढेलेखेको युवाले तपाईहरुमाथि छलकपट गर्दैन। ऊ दलहरुले सधै सल्लेवासी तपाईहरुमा गरेको छलकपट चिर्न आएको हो ।त्यतिमात्र हैन आज उसलाई अगाडि बढाउनुस्, भोलि उसले सिंगो हलेसी क्षेत्रको नेतृत्व गर्नेछ। उसले अहिले मलाई पानी खाने धारामा मतदान गरि बिजय गराउनुस् स विजय पश्चात् म यी र यस्तै विषयमा काम गर्छु भनेर प्रतिवद्धता समेत गरेको छ।

प्रतिबद्धताहरू
(राजनीतिलाई विशुद्ध सामाजिक सेवाको रूपमा स्थापित गर्ने
(खर्चको पारदर्शिता कायम गरी आर्थिक अनुशासन कायम गरिने
( माध्यमिक तथा उच्च शिक्षालाई पूर्णतः निस्शुल्क बनाइने
(सरकारी विद्यालयको संस्थागत क्षमता अभिवृद्धि गरी क्रमशः अङ्ग्रेजी माध्यममा सन्चालन गरिने
(पाँच बर्षभित्र वडाभित्रका प्रत्येक सामुदायिक विद्यालयमा सुविधा सम्पन्न पुस्तकालय स्थापन गरी पठन संस्कृतिको विकासमार्फत चिन्तनशील नागरिक तयार गरिने
(स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गरि घुम्ती स्वास्थ्य सेवा घर दैलोबाटै प्रदान गरिने छ,एम्बुलेन्स खरिद गरी उपचार सेवामा सहजता थपिने
( पानीका सम्भावित स्रोत पहिचान गरी खानेपानी तथा सिंचाइ क्षेत्रलाई व्यस्थित गरिने छ १ठाउँअनुसार आवश्यकता हेरी लिफ्टिङ प्रविधिमार्फत खानेपानी सेवालाई सुलभ बनाइने छ ,
(वडावासीलाई २०युनिटसम्मको विद्युत महशुल छुट दिइने छ ।
(भौतिक पूर्वाधार निर्माणमा गुणस्तर कायम गरिने छ ,निर्माण सामग्री ढुङ्गा ,गिट्टी र बालुवा वडावासीलाई निस्शुल्क उपलब्ध गराइने छ,बालुवा ,गिट्टीजस्ता सामग्री बिक्रीबाट उठेको कर सडकलगायत सोही ठाउँको पूर्वाधार निर्माणमा खर्च गरिने छ ।
(कृषि क्षेत्रको आधुनिकीकरण गरी सम्पूर्ण बाँझो तथा सुख्खा क्षेत्रलाई खेती योग्य बनाइने छ १खेती बालीका लागि पकेट क्षेत्र घोषणा गरी ठुला र दीर्घकालीन अनुदान कार्यक्रम ल्याइने छ ,
(व्यवसायिक उद्यमशीलतामार्फत एक घर एक रोजगारी सिर्जना गरिने छ ।

यसरी हेर्दा सल्लेबासी जनसमुदायको भाग्य र भविष्यको निर्माण अब पिएचडी गर्दै गरेको युवाको हातमा हुनेछ। यसका लागि उसलाई पानिखाने धारामा मतदान गरि विजय गराउने जिम्मा भने तपाईं सल्लेवासी बा आमा दाजुभाई तथा दिदिबहिनीहरुकै दायित्वमा पर्दछ ।

 लेखक :सचेत नागरिक, सल्ले, खोटाङ