२०८१ बैशाख ६ , बिहिवार

घट्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं –

नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २ सय रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

 

हिजो चाँदीको मूल्य प्रतितोला १३२० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३०० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।