२०८१ बैशाख ७ , शुक्रवार

दिनमा ८ घण्टा मात्रै कामको माग गर्ने आन्दोलन, जसको सम्झनामा मनाइन्छ मजदुर दिवस

सुनाखरी न्युज/ काठमाडौं –

पछिल्लो तीन दशकको विश्वव्यापीकरणले रोजगारको परिभाषा फेरेको छ र स्वरुप पनि । काम गर्ने तौर तरिकामा पनि निकै परिवर्तन आएको छ । कोरोना संक्रमणका बेला संसारभरी रिमोट वर्किङको रुप पनि देखिएको छ । मजदुर र मजदुरी दुबैको अर्थ समयसँगै फेरिएको छ । यस्तोमा १३२ वर्षदेखि चल्दै आइरहेको मे दिवसको परम्पराको आज के महत्व छ ?

के आजको समयमा पनि मजदुर दिवसको आवश्यकता छ ?

संसारमा सबैभन्दा धेरै बधुवा मजदुर भारतमा छन् । विश्व दासत्व सूचकांको रिपोर्ट अनुसार सन् २०१६ मा भारत ८० लाख मानिस ‘आधुनिक दासत्व’ मा बाँचिरहेका थिए । अर्थात्, औसतमा एक हजार भारतीयमध्ये ६ जनाले आफ्नो कामका लागि तलब पाइरहेका थिएनन् । गुडविव इन्टरनेशनल नामको एउटा संस्थाको सन् २०२० को सर्वेक्षण अनुसार महामारीका कारण मजदुर ऋणमा फस्ने जोखिम तीन गुणा बढेको छ । अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार सन् २०१६ मा संसारभरी ४ करोडभन्दा बढी मानिस बधुवा मजदुरका शिकार थिए ।

 

अनुमानका अनुसार यीमध्ये ७१ प्रतिशत महिला थिए । यस वर्ष सार्वजनिक गरिएको विश्व असमानता प्रतिवेदन अनुसार भारतको कुल श्रम आयको १८ प्रतिशत मात्रै महिलाले ओगटेका छन् । आईएलओको सन् २०२१ को रिपोर्टमा बताइए अनुसार विश्वभर बाल मजदुरको संख्या बढेर १६ करोड पुगेको छ । अनुमान अनुसार तीमध्ये ७१ प्रतिशत महिला थिए । यस वर्ष सार्वजनिक गरिएको विश्व असमानता प्रतिवेदन अनुसार भारतको कुल श्रम आयको १८ प्रतिशत मात्रै महिलाले ओगटेका छन् ।

 

सन् २०११ जनगणनालाई उद्धृत गर्दै संस्थाले मुलुकमा ५ देखि १४ वर्ष उमेर समूहका ३ दशमलव ९ प्रतिशत बालबालिकाले मजदुरी गर्ने गरेको अनुमान छ । सरकारको आफ्नै तथ्याङ्कले मुलुकका कुल श्रमिकमध्ये ९३ प्रतिशत असंगठित क्षेत्रमा काम गर्ने देखाएको छ । अर्थात् न्यूनतम पारिश्रमिकजस्ता सामाजिक सुरक्षाको हक पाउन उनीहरुलाई झनै गाह्रो छ ।

 

१ मे मा नै किन मजदुर दिवस ?

सन् १८८९ को पेरिस सम्मेलनमा विश्वभरका समाजवादी र मजदुर दलहरूको संगठन दोस्रो इन्टरनेशनलले मे १ लाई श्रमिक अधिकारको आवाज उठाउने दिनका रूपमा रोजेको थियो । यो पश्चिममा औद्योगिकीकरणको अवधि थियो र कामदारहरूले सूर्योदयदेखि सूर्यास्तसम्म काम गर्ने अपेक्षा गरिएको थियो । अक्टोबर सन् १८८४ मा अमेरिका र क्यानडाका ट्रेड युनियनहरूको संगठन फेडरेशन अफ अर्गनाइज्ड ट्रेड्स एन्ड लेबर युनियनले मे १, १८८६ पछि मजदुरहरूले दिनमा ८ घण्टाभन्दा बढी काम नगर्ने निर्णय गरे । त्यो दिन आएपछि अमेरिकाका विभिन्न सहरमा लाखौं मजदुर हडतालमा उत्रिए ।

 

यी आन्दोलनको केन्द्र शिकागो थियो। यहाँ दुई दिनसम्म बन्द शान्तिपूर्ण रुपमा चलेको थियो । तर मे ३ मा साँझ म्याककोर्मिक हार्भेष्टिङ मेसिन कम्पनी बाहिर भएको हिंसामा प्रहरीले चलाएको गोली लागेर दुई मजदुरको मृत्यु भएको थियो । भोलिपल्ट फेरि दुई पक्षबीच झडप भयो जसमा ७ प्रहरीसहित १२ जनाको ज्यान गएको थियो । यसै कारणले दोस्रो अन्तर्राष्ट्रियले मे १ तारिखलाई रोजेको थियो । सुरुमा विश्वभरका मजदुरहरूलाई दिनमा ८ घण्टा मात्र कामको माग गर्न एकजुट हुन भनिएको थियो ।

 

यसपछि सन् १८८९ देखि १८९० सम्म विभिन्न देशमा मजदुरहरूले प्रदर्शन गरे । सन् १८९० को मे १ मा बेलायतको हाइड पार्कमा ८ घण्टा कामको माग गर्दै तीन लाख मजदुर सडकमा उत्रिए । समय बित्दै जाँदा यो दिन मजदुरका बाँकी अधिकारप्रति पनि ध्यानाकर्षण गर्ने अवसर बनेको छ ।

 

यस वर्षको श्रमिक दिवसमा के छ विशेष ?

भारतमा सन् १९२३ देखि श्रमिक दिवस मनाइँदै आएको छ । त्यतिबेलासम्म भारतीय कम्युनिस्ट पार्टी अस्तित्वमा आएको थिएन । हिन्दुस्तान लेबर किसान पार्टीका नेता मलायापुरम सिंगारावेलु चेतियारको नेतृत्वमा चेन्नईमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चेतियारले वैशाख १ गतेलाई राष्ट्रिय बिदा घोषणा गर्न माग गरेका थिए । यस वर्ष पनि मजदुर संगठनले विभिन्न राज्यमा ‍र्याली र प्रदर्शन गर्ने भएका छा् । नेकपा आबद्ध श्रमिक संगठन सीटुका राष्ट्रिय सचिव एआर सिन्धुले यही दिन आफ्नो संगठनका कार्यकर्ताले रामलीला मैदानदेखि चाँदनीचोकको टाउन हलसम्म ‍र्याली निकाल्ने बताए ।

 

यसका साथै सिटुका प्रदेश एकाइका कार्यालयमा रातो झण्डा फहराइने र यस्तै कार्यक्रम गरिने छ । चाखलाग्दो कुरा के छ भने, आरएसएससँग आबद्ध भारतीय मजदूर संगठन ९बिएमएस०ले विश्वकर्मा जयन्ती अर्थात सेप्टेम्बर १७ लाई मे १ को सट्टा राष्ट्रिय मजदुर दिवस घोषणा गर्न माग गर्दै आएको छ । संगठनका पूर्व अध्यक्ष सीके साजी नारायणनले आरएसएससँग सम्बद्ध पत्रिका आयोजकको लेखमा तर्क गर्छन्, ‘बिएमएसले कम्युनिष्टहरूको वर्ग–शत्रुता भन्दा पनि औद्योगिक सम्बन्धमा ‘औद्योगिक परिवार’ को सिद्धान्तलाई अगाडि बढाएको छ । हामी व्यक्तित्वहरू देख्छौं ।

 

विश्वकर्मा जस्तै हामी ‘त्याग–तपस्या– बलिदान’ र ‘कर्म भनेको पूजा’ को शिक्षाहरू पछ्याउँछौं । मई दिवस एक पश्चिमी सिद्धान्त हो र यसले भारतका मजदुरहरूलाई विश्वकर्मा जयन्तीबाट प्राप्त गर्ने तरिकामा प्रेरित गर्दैन ।’ तर सिन्धुको विचारमा बीएमएसको माग श्रमिकको चिन्तालाई धार्मिक आस्थाको रंग दिने प्रयास हो । उनी भन्छन्, ‘भारतमा मात्र नभई विश्वभर मजदुरको शोषण भइरहेको छ । विश्वकर्मा सङ्घर्षका प्रतीक होइनन् । मे दिवस मजदुर वर्गको सङ्घर्षसँग सम्बन्धित छ ।’ बीबीसी