२०८१ बैशाख ६ , बिहिवार

२ किलो ३५० ग्राम सुनसहित पाँच जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । हिमालयन एयरलाइन्सको टवाइलेटमा लुकाएर ल्याइएको तस्करीको २ किलो ३५० ग्राम सुन सहित ५ जना पक्राउ परेका छन् ।

 

सौचालयको डस्टवीनमा उक्त सुन भेटिएको हो । उक्त सुनसँगै सफाइ कर्मचारीहरु भीमबहादुर थापा र ताराकान्त चौधरी पक्राउ परेका हुन् । चौधरी हिमालयन एयरलाइन्सलाई सफाई कर्मचारी उपलब्ध गराउने सुनज्गमा सप्लायस एण्ड सरसफाइका सुपर भाइजर हुन् भने दोलखाका हेमबहादुर थापा र उदयपुरका राजेश राई टयाक्सी चालक हुन् ।

 

उनीहरु विमानस्थल वाहिर सुन कुरेर बसका थिए । पाँचथरका भीमकुमार मार्बो र नुवाकोटका सुमन तामाङ सौचलायको सफाई कर्मचारी हुन् । डस्टवीनको फोहोरसँगै सुन उठाएर ल्याएका मार्बो र तामाङले फोहोर जम्मा गर्ने ठाँउमा सुन बाडेर बाहिर पठाउन खोज्दा उनीहरु पक्राउ गरेका हुन् ।