२०८१ बैशाख १३ , बिहिवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १२ सय रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३२० रुपैयाँमा कारोबार भएकोमा आज सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।