२०८१ जेठ ७ , सोमवार

हाम्राे वडामा युवा वडाध्यक्ष !

सुनाखरी न्युज/ काठमाडौं । जुनबेला गाउँका सबै साथिभाइ लाेक सेवाकाे किताब बाेकेर सामान्यज्ञान घाेकिरहेका थिए-आफ्नाे भविष्य सम्झेर। तर, त्यही बेला एउटा युवा मेराे भविष्य भनेकाे मेराे गाउँ हाे, मेराे ठाउँ हाे भनेर राजनीतिमा हाेमिएकाे थियाे। त्यही युवाकाे नाम हाे गाेपालचन्द्र आचार्य! ऊ पढाइमा अब्बल नभएर राजनीतिमा हाेमिएकाे हाेइन ।

 

 

ऊ पनि अरु साथिहरू जस्तै अब्बल विद्यार्थी थियाे । तथापि उसले निजामति सेवामा जानू मात्र अब्बलता ठानेनँ। उसले आफ्नाे अब्बलता राजनीतिमा प्रर्दशन गर्ने साेच बनायाे। राजनीतिमा हाेमियाे।समाजसेवामा जाेसियाे। हाेला उसले अहिले सबैथाेक गर्न सकेकाे छैन तर जागरुकता देखाएकाे छ, देखाउँदै आएकाे छ। अहिले यस्ताे युवा गाेपालचन्द्र आचार्यकाे हाम्राे वडामा उम्मेद्वारी छ ,त्याे युवालाई भाेट नहालेर कसलाई भाेट हाल्ने ? विवेक छ,चेतना छ र आत्माले आफूप्रति, आफ्नाे ठाउँप्रति बैमान गर्न मान्दैन भने यसपटककाे भाेट गाेपाललाई नै दिनुपर्छ।

 

गाेपाल युवाहरूकाे साथि हाे। वृद्ध वृद्धाहरूकाे सारथि हाे । साना साना बालबालिकाकाे भविष्य निर्माणका लागि लड्दै गरेकाे सचेत नागरिक हाे ।यसर्थ सबै वडाबासी बुवा , आमा, दाजु,भाइ, दिदी, बहिनीहरू लगायत सबै सबैले यसपटककाे भाेट गाेपालचन्द्रलाई दिनुपर्छ । र, सबैले बुझ्नुभएकाे छ- अबकाे हाम्राे वडाकाे भविष्य निर्माणका लागि याे जाेस जाँगर सहित उदाएकाे युवालाई मतदान गर्नु हामी सबैकाे कर्तव्य पनि हाे। उसलाई बाहेक अरूलाई भाेट हाल्दा दस पटक साेच्नुहाेस्! तर गाेपालचन्द्रलाई भाेट हाल्दा आँखा चिम्लेर हाल्नुस्। उसकाे जितबाट दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका वडा नं. १ दिक्तेलकाे मात्र हैन, सिंगाे नगरपालिकाकाे हित प्रवर्धनमा मद्दत पुग्ने कुरामा दुईमत छैन।

 

हिजाेकाे पाँच वर्षे कार्यकाललाई दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकाे सन्दर्भमा मात्र हेर्ने हाे भने पनि जुन वडामा भराेशायाेग्य युवाकाे नेतृत्व छ, त्याे वडामा विकासकाे लहर पनि उस्तै छ। यसैले अहिले हाम्राे वडामा पनि भिजन, मिसन र गाेल सहित वडालाई समृद्ध र नमूना बनाउने क्षमता भएकाे युवा गाेपालचन्द्र आचार्यले उम्मेद्वारी दिएकाे बेला उसकाे ऐतिहासिक जित गराउने जिम्मेवारी हामी वडाबासीकाे हाे । याे अवसरलाई हामी सम्पूर्ण वडाबासीहरुले पाटिका नाममा, जातका नाममा वा अन्य कुनै सानातिना कचिङ्गलका नाममा गुमायाै भने हाम्राे वडालाई समृद्ध र नमूना बनाउने र हेर्ने हाम्राे सपना / चाहाना दिवास्वप्ना मात्र हुन सक्छ । यसर्थ, वडाकाे भविष्य हाम्राे भविष्य हाे ; वडालाई सन्तुलित तवरले विकास गर्ने क्षमता गाेपालमै देखिन्छ, गाेपाललाई भाेट गराैँ । पछि पछुताउनु पर्दैन, ढुक्क हुनुहाेस्।

 

सिद्धान्त र निष्ठाका विषयहरू हुन्छन्। सिद्धान्त र निष्ठाका विषयले तपाईलाई पिराेल्न सक्छ। तथापि सिद्धान्त र निष्ठाका विषयहरू अहिलेकाे वर्तमान सन्दर्भमा गठबन्धन र यस्तै प्रकारका अन्य नाममा केन्द्रदेखि स्थानीयस्तरसम्म नेताहरूले आफ्नाे मात्र नभई कार्यकर्ताकाे निष्ठालाई समेत ‘ स्वाहा’ गर्दै अग्निमा हाेमी सकेकाे अवस्था छ । यश अवस्थामा हामिले हाम्राे मुहार उज्यालाे बनाउने हाे भने पहिला हाम्राे वडाकाे मुहार उज्यालाे बनाउनु पर्छ। यसका लागि अर्थात् वडाकाे मुहार उज्यालाे बनाउनका लागि गाेपालचन्द्र नै निर्विकल्प वडाध्याक्ष हाे ।फेरि याे स्थानीय चुनाव हाे । यहाँ असल र सक्षम मान्छे छान्दा निष्ठामा कुनै असर पर्दैन। वडाकाे विकास र समृद्धि सम्झेर भाेट हाल्ने हाे ।त्याे युवाले गर्छ र त्याे युवा नेतृत्व गाेपाल नै हाे । भाेलि नयाँ पुस्तामा गाेपालचन्द्र भन्दा अब्बल युवा जन्मेलान् तर अहिलेकाे अवस्थामा दि रु म न पा १ ( दिक्तेल)का लागि गाेपालचन्द्रकाे विकल्प छैन । र, हामिले पनि उसलाई भाेट हाल्नुकाे विकल्प छैन। यही कुरालाई मनन गर्दै आमा बुवा दाजुभाइ तथा दिदिबहिनीहरूले सिंगाे वडालाई एक छापे बनाएर युवाकाे नेतृत्वकाे टिमलाई विजय गराउन हार्दिक अपिल गर्दछु। भविष्यकाे हाम्राे नगरकाे मेयर सम्झेर उसलाई भाेट हाल्नुपर्छ र त्याे सम्भाबना उसमा छ पनि ।

 

अन्त्यमा, दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकाे वडा नं.१ मा विजयकाे झण्डा फहराउने उम्मेद्वार गाेपालचन्द्र नै हाे ।विजयपछि याे पाटि, याे दल, याे जात,याे भात नभनिकन बजारदेखि गाउँसम्म,गाउँदेखि बजारसम्म, वल्लाे टाेलदेखि पल्लाे टाेलसम्म, तल्लाे टाेलदेखि माथिल्लाे टाेलसम्म सबै सबैतिर कही कसैलाई विभेद नगरिकन, कुनै पनि ठाउँ र गाउँलाई नछुट्याईकन,सबै बा आमा दाजुभाइ तथा दिदिबहिनिहरूकाे भावनाकाे कदर गर्दै समग्र वडाकाे आर्थिक, भाैतिक, सामाजिक, सांस्कृतिक लगायत दर्शनशास्त्रका यावत् विषयमा दृष्टि पुर्याउदै वडाकाे सर्वाङ्गिण विकास गर्ने विषयलाई कहिल्यै नभुल्नू। एक्लैकाे जित नठान्नू। समग्र वडाकाे जित मान्नू । विजयकाे हार्दिक शुभकामना गाेपाल कामरेड !

ज्याेति!